जमल नाचघरमा बेपत्ता योद्धा स्मृति दिवस मनाइँदै

आज (७ जेठ) बेपत्ता योद्धा स्मृति दिवस मनाइँदै छ। बेपत्ता पारिएका व्यक्तिहरूको सम्मानमा बेपत्ता योद्धा परिवारले आइतबार दिउँसो १२ राष्ट्रिय नाचघर जमलमा कार्यक्रम आयोजना गरेको छ।

स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदैछन्। २०५६ जेठ ७ गते जनयुद्धरत तत्कालिन नेकपा (माओवादी)का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने (दीपेन्द्र शर्मा) लाई प्रहरीले काठमाडौंको टेबहाल सुन्धाराबाट पक्राउ गरेको थियो।

उनी जनादेश साप्ताहिकका नियमित स्तम्भकारसमेत थिए। उनीसहित जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, नविन गौतम र कमला शर्मा पनि पक्राउ परेका थिए। बेपत्ताहरुको गिरफ्तारबारे राज्यले अहिलेसम्म पनि अवस्था सार्वजनिक गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *