हाम्रो बारे

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन वि स २०७६ मा स्थापना भई नेपाल सरकारको संगठन दर्ता ऐन अन्तर्गत काठमाडौँमा दर्ता भएको हो। नेपालको इतिहासमा एक महत्तोपूर्ण आध्यायको रुपमा स्थापित माओबादी आन्दोलन ‘जनयुद्ध'(People’s War ) मा सहिद र बेपत्ता भएका योद्धाहरुका सन्ततिहरुद्वारा गठन गरिएको साझा संस्था हो। यो देशको माटोमा भएको जनयुद्धमा आफ्ना आमाबुबा गुमाउने सबै छोराछोरीहरुलाई एउटा छाता मुनि संगठित गरि एक अर्कासंग हातेमालो गर्दै आत्मनिर्भर  र स्वाभिमानी बनाउने यो संस्थाको प्रमुख लक्ष्य रहेको छ। एस संस्थाको वर्तमान स्वोरुप फाउन्डेसनका संस्थापक सदेस्यहरुको पूर्ण समर्पण, दृढ इच्छा, लगनशीलता र निरन्तर प्रयास/ संघर्षको परिणाम हो। सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन आफ्ना अभिभाबकको बलिदान र त्यागलाई समाजमा स्थापना गर्दै विभिन्न सामाजिक कार्यक्रम गरिरहेको। साथै, सहिद तथा बेपत्तायोद्धाहरुका छोराछोरीको सामाजिक, आर्थिक तथा राजनीतिक बिकासमा समेत आफ्नो स्थापनाको छोटो समयमा उलेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।