सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य र
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली माटोमा सम्पन्न महान जनयुद्ध , जनआन्दोलन र सहिद ,बेपत्ता तथा घाइते योद्धाहरुका त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था , धर्म निरपेक्षता , समानुपातिक , समतामूलक समावेशीता , जनताका मौलिक हक , जनतामा निहित सार्वभौमसत्ता , पहिचान र अधिकारको स्थापन भएको छ ।
नेपाली माटोमा नेपाली जनताको नेतृत्वमा भएको वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल साहस, वीरता र उत्सर्गको ऐतिहासिक क्रान्ति ; महान जनयुद्ध र जनआन्दोलनका क्रममा देश र जनताको पक्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने आदरणीय सहिदहरुप्रती हार्दिक श्रद्धाञ्जली , महान बेपत्ता योद्धाप्रती हार्दिक सम्मान एवम् घाइते योद्धाहरुप्रती उच्च सम्मान व्यक्त गर्दै राष्ट्रिय सहिद सप्तहाको हार्दिक शुभकामना व्यक्त गर्द्छौं।

