माओवादी जनयुद्ध

आज भन्दा २४ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी) १० बर्ष जनयुद्ध र १४ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्था सम्म आई पुगेको छ ।

जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलन लाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै लगेको माओवादीले २ वटा भरुवा बन्दुक बाट जनयुद्ध शुरु गरी ०६१÷६२ सम्म आई पुग्दा राज्यको हेलिकप्टर खसाउने तहसम्म पुगेको सबै सामु छर्लङ्गै छ ।

जनयुद्ध सुरु गर्नुपूर्व तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुदें माग राख्दै जनयुद्धको संखघोष गरेको तत्कालिन माओवादी ०५६÷५७ सम्म आईपुग्दा नेपालका अधिकाँस जिल्लामा एउटा महत्वपूर्ण वैकल्पिक शक्तिको रुपमा स्थापित भईसकेको थियोे ।

तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले गुलेलीले हानेर युद्ध लड्ने माओवादीको दिवा सपना भएको भन्दै जनयुद्ध लडछु भन्नु हास्यास्पद भएको भन्दै सामान्य ढंगले लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *