०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको बेला सेनाका मेजर राममणी पोखरेलको नेतृत्वमा करिब ८० जनाको संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर हत्या गरिएका जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित सम्पूर्ण योद्धाहरुमा हार्दिक सम्मानसहित श्रद्धान्जली !!
सहादत प्राप्त गर्ने योद्धाहरु :
बाबुराम लामा, अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ (छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, युवराज मोक्तान र लिला मोक्तान !

