लक्ष्य/उद्धेश्यहरु

प्रचलित ऐन कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायसँग समन्वय र सामान्जस्य राखी कार्यक्रम सञ्चालन गर्ने गरी संस्थाको निम्न उद्देश्य रहनेछन् ।

(क) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।

(ख) सहिद तथा बेपत्ता योद्धा, घाइते योद्धा हरुका सन्ततिहरुको को लगत संकलन अध्ययन र विश्लेषण गर्ने ।

(ग) सहिद तथा बेपत्ता, योद्धा घाइते तथा अपाङ्ग योद्धा सन्ततिहरुको शैक्षिक आर्थिक सामाजिक तथा संस्कृतिक समस्याहरुको पहिचान गरी तत्कालिन एवं दिर्घ कालिन समाधानका लागी आवश्यक कार्य गर्ने ।

(घ) समाजमा सामाजिक चेतना फैलाउन र वलिदान प्रति गर्व गर्न सक्ने वातावरणको निमार्ण गर्न र सहिद तथा बेपत्ताको सम्मान र स्मृतिमा विभीन्न खाले साहित्य-कला, सौन्दर्यचिन्तन र संस्कृतिका विभिन्न विधा तथा कार्यक्रमहरू जस्तै कार्यशाला, गोष्ठी, सभा अन्तरक्रीया आदी संचालन गर्ने ।

(ङ) शिक्षा, स्वास्थ्य तथा रोजगार, कृषि, पर्यटन तथा पूर्वाधार विकासका काममा पनि सम्बन्धित निकायलाई सघाउने ।

(च) प्रतिष्ठानको नाममा छुट्टै अक्षयकोषको स्थापना गरी सहिद बेपत्ता र जनयुद्ध जनाआन्दोलनका घाईतेहरुका सन्तति परीवारजन लाई आवश्यक सहयोग गर्ने ।

(ज) ‘सहिद तथा बेपत्ता योद्धा सन्तती पुरस्कार’ स्थापना गर्ने तथा स्मृति पार्क तथा सहिद स्मारक निर्माण गर्ने । (ध) प्रतिष्ठानका उद्देश्यहरू पूरा गर्न अन्य आवश्यक कार्य गर्ने, गराउने ।

(छ) प्रतिष्ठानको उद्देश्य सँग सम्बन्धित भएर पुस्तकालय, सङ्ग्रहालय, ग्यालरी, रङ्गमञ्च आदि ध्यास कार्यालय स्थापना गर्ने ।